प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन विजयी हुन्छ, सरकारको नेतृत्व गर्छु : गगन थापा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन विजयी हुन्छ, सरकारको नेतृत्व गर्छु : गगन थापा


९ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दाबी गरेका छन् । 

काठमाडौँ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका महामन्त्री थापाले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर सरकार बनाउने बताएका हुन् ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरूले जितेपछि भने त्यो समयलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे । महामन्त्री थापाले निराश र आक्रोशित जनताको मत लिएर सरकार बनेपछि सत्तारुढ गठबन्धनले त्यसलाई खेर जान नदिने गरी काम गर्नुपर्ने पनि स्पष्ट पारे । जनमतको कदर हुने गरी काम गर्न सकिएन भने जनताले विरोध गर्ने उनको भनाई थियो । 

महामन्त्री थापाले आगामी निर्वाचनपछि आफूले सरकारको नेतृत्व गर्न चाहेको पनि दोहोराए । त्यसका लागि पार्टी भित्रका साथीहरूले आफूलाई साथ दिनुपर्ने उनको भनाई थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस