रुपन्देही २ मा केशव थापालाई गठबन्धनले गर्‍यो समर्थन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रुपन्देही २ मा केशव थापालाई गठबन्धनले गर्‍यो समर्थन


९ कार्तिक २०७९, बुधबार


काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ । गठबन्धनमा आबद्ध चार दलका शीर्ष नेताहरुले बुधबार वक्तव्य निकालेर थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

यो क्षेत्रमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङले उम्मेदवारी दिएका थिए । तर चेक बाउन्ससम्बन्धी मुद्दाका कारण उनको उम्मेदवारी खारेज भएपछि यो क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवार थिएन ।

थापा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष समेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस