रियल मड्रिड च्याम्पियन्स लिग फुटबल : लाइपजिगसँग रियल पराजित « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

रियल मड्रिड च्याम्पियन्स लिग फुटबल : लाइपजिगसँग रियल पराजित


९ कार्तिक २०७९, बुधबार


काठमाडौँ । रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गतको खेलमा पराजित भएको छ ।

बुधबार भएको खेलमा रियल आरबी लाइपजिगसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

लाइपजिगलाई जित दिलाउन जोको गाभार्डिलो, क्रिस्टोफर कुन्कु र टिमो वार्नरले एक–एक गोल गरे । यता रियलका लागि भिनिसिउस जुनियर र रोर्डिगोले एक–एक गोल गरे ।

यता बेन्फिकासँग पराजित भएको युभेन्ट्स समूह चरणबाटै बाहिरिएको छ । युभेन्ट्स बेन्फिकासँग ४-३ गोल अन्तरले पराजित भएको हो ।

युभेन्ट्सले ५ खेलमा ३ अङ्क जोडेको छ । बेन्फिकाले ५ खेलबाट ११ अङ्क जोडेर अन्तिम १६ मा पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस