२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ २ का जनतालाई सुख-दुःखमा साथ दिने राप्रपा उम्मेदवार पोखरेलको प्रतिबद्धता 

अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नम्बर २ की उम्मेदवार कुन्ती पोखरेलले यस क्षेत्रका स्थानीयको सुख-दुःखमा साथ दिने बताएकी छिन् । 

मंगलबार क्षेत्र नम्बर २ को शंखरापुर नगरपालिका वडा नम्बर ९ को भुल्भु क्षेत्रको घरदैलोका क्रममा उनले यस क्षेत्रको विकास निर्माणका साथै जनताका सुख दुःखमा सदैव साथ दिने प्रतिबद्धता जनाएकी हुन् ।

उम्मेदवार पोखरेलले सरकारले पाँच वर्षमा गर्न नसकेका धेरै काम शंखरापुर नगरपालिकाले ६ महिनामा गरेर देखाएको बताउँदै राप्रपा निर्वाचित भएमा काठमाडौँ क्षेत्र २ का जनता अभिभावक विहीनको अवस्थामा रहनु नपर्ने उल्लेख गरिन् । शंखरापुरको भुल्भुमा गरिएको दीपावली र छठपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा मतदातासँग अन्तरक्रिया कार्यक्रममा उनले आफू सोही क्षेत्रको बासिन्दा भएकोले ‘टुरिष्ट’ उम्मेदवारले भन्दा जनताको सुख दुःखलाई बढी ख्याल गर्ने उल्लेख गरिन् ।  

कोटेश्वरबाट भक्तपुरतर्फ बाटो खानेपानीको विकास भएपनि क्षेत्र नम्बर २ का धेरै क्षेत्रमा भने एम्बुलेन्स छिर्ने बाटो समेत नभएकोले यस्ता बाटो, भौतिक पूर्वाधार, स्वास्थ्यका  मुद्दाहरूलाई प्रमुख प्राथमिकता राखेर अघि बढ्ने उनले बताइन् । 

आफ्नो पहलमा शंखरापुर नगरपालिकाका लागि एम्बुलेन्सको व्यवस्था गरेको उल्लेख गर्दै उनले जनताका स्वास्थ्य सेवा, शिक्षा स्वास्थ्य र विकासका कुरामा आफू सधैँ लागिपर्ने उल्लेख गरिन । उनले हिजो चुनाव जितेका नेता जस्तो आफू नरहेको बताउँदै जनताको घरदैलोमा निरन्तर आउने बताइन् । 

उनले आगामी निर्वाचनमा पटक-पटक पदमा पुगेर पनि काम नगर्नेहरूलाई बिदाइ गरेर स्थानीय नयाँ नेतृत्व छान्न सुझाव दिइन् । उनले राप्रपाको एजेण्डा हिन्दु राष्ट्र नेपाल बनाउने, संवैधानिक राजतन्त्र र भ्रष्टाचार निर्मूल गर्ने एजेण्डा सहित आफू चुनावी मैदानमा आएको बताइन् । उनले यो क्षेत्रमा राप्रपाले जिते मात्रै धर्म, संस्कार, संस्कृतिको रक्षा हुने र भौतिक पूर्वाधार र अत्यावश्यक कुराहरूको विकास हुनेमा जोड दिइन् । 

प्रतिक्रिया दिनुहोस