सोलुखुम्बुमा क्यानडेली नागरिक मृत फेला  « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

सोलुखुम्बुमा क्यानडेली नागरिक मृत फेला 


८ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । सोलुखुम्बुमा एक जना विदेशी नागरिक मृत भेटिएका छन् ।

महाकुलुङ गाउँपालिका वडा नम्बर १ मा क्यानडाका नागरिक ५२ वर्षका दानेल क्लाउटर मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

प्रहरीका अनुसार मेरापिक हिमाल आरोहण गरेर फर्किएका क्लाउटर एक होटेलमा सुतेकै ठाउँमा मृत भेटिएका हुन् । उनको शव हेलिकप्टरबाट लुक्ला ल्याएर कानुनी प्रक्रिया पूरा गरी काठमाडौँ पठाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस