विवेकशील साझा सकिएको छैन : समीक्षा बास्कोटा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विवेकशील साझा सकिएको छैन : समीक्षा बास्कोटा


८ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताएकी छिन् ।

आज मङ्गलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिबद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । 

अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भए पनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको दाबी गरिन् । उनले पार्टीले आउँदो प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावमा समानुपातिकतर्फ सातै प्रदेशमा उम्मेदवारी दिएकाले सबै मतदाताले पार्टीलाई जिताउन सहयोग गर्ने अपेक्षा राखेको बताइन् ।   

पार्टीले दुर्गमका विद्यालयलाई मर्जर गरी धेरैजसो विद्यालयलाई बूढानीलकण्ठ शैलीमा पढाउने व्यवस्था गर्ने, नेपाल पर्यटन विश्वविद्यालय स्थापना गर्ने, त्रिभुवन विश्वविद्यालयमा खेलकुद विभाग स्थापना गर्ने, गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य सेवा गर्ने लगायतका चुनावी प्रतिबद्धता अघि सारेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस