तिहारमा ७० करोडभन्दा बढी सुनचाँदीको व्यापार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तिहारमा ७० करोडभन्दा बढी सुनचाँदीको व्यापार


८ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । कोरोना महामारीले सुस्ताएको सुनचाँदीको बजार तिहारको समयमा जुरमुराएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार दसैँपछि तिहारको समयमा सुनचाँदीको कारोबार ह्वात्तै बढेको हो ।

दसैँको समयमा दैनिक २० किलोग्रामसम्म सुनको व्यापार भएको थियो । त्यसपछि देशभर दैनिक १० देखि १५ किलोग्रामका दरले सुनको बिक्री हुँदै आएको महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यले बताए । उनले दसैँपछि सुकेको सुनचाँदीको कारोबार तिहारमा एका-एक बढेको जानकारी दिए ।

शाक्यका अनुसार २ दिनमा गरी कूल ९० किलोग्रामभन्दा बढी सुन बिकेको छ । यो वर्ष २ दिन धनतेरस परेर पनि व्यापार बढी भएको व्यापारीहरूको भनाइ छ ।

बजारमा अपेक्षाभन्दा बढीको माग देखिएपछि अर्डर पुरा गर्नै हम्मे हम्मे परेको शाक्यले बताए ।

यस्तै, तिहारमा २ हजार किलोग्रामभन्दा बढी चाँदी बिक्री भएको महासङ्घले जनाएको छ । दुई दिन गरेर २ हजार किलोग्रामको व्यापार हुँदा लामो समयपछि सुनचाँदीको बजार गुल्जार भएको अध्यक्ष शाक्यले बताए । यसबाहेक अन्य दिनमा समेत सुनचाँदीको व्यापार राम्रै भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस