सत्तागठबन्धनको एकमात्र उद्देश्य भनेको एमाले सिध्याउने हो : ईश्वर पोखरेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सत्तागठबन्धनको एकमात्र उद्देश्य भनेको एमाले सिध्याउने हो : ईश्वर पोखरेल


८ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिध्याउनेमात्रै रहेको बताएका छन् ।

उपाध्यक्ष पोखरेलले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको टिप्पणी गरे ।

एमालेको उद्देश्य राजनीतिक स्थायित्व, मुलुकको विकास र हितमात्रै रहेकाले जनताले विश्वास गर्ने उनले भनाई छ ।

नीतिहीन, सिद्धान्तहीन र अस्थिरता सिर्जना गर्नेलाई पाखा लगाएर मुलुकलाई विकासको बाटोमा अघि बढाउनुपर्नेमा पोखरेलको जोड छ । तिहारलगतै एमालेले पार्टीको घोषणापत्र सार्वजनिक गर्ने भन्दै उनले यसअघि एमाले सरकारले गरेका काम र भावी योजनाहरू घोषणापत्रमा तालिकाबद्ध रूपमा आउने बताए ।

अहिले पनि मुलुकको राजनीतिलाई प्रदूषित गर्ने अपराधिक धन्दा चलिरहेको भन्दै पोखरेलले त्यसले सिर्जना गरेका भ्रमहरूलाई एमालेले चिर्ने दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस