हेटौँडामा जुवा खेलिरहेका ३३ जना पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

हेटौँडामा जुवा खेलिरहेका ३३ जना पक्राउ


८ कार्तिक २०७९, मंगलबार


पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा-११ नवलपुरबाट जुवा खेलिरहेका ३३ जनालाई सोमबार राति पक्राउ गरेको छ ।

नवलपुरस्थित वैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीले जानकारी दिए ।

जुवा खेली रहेका स्थानबाट प्रहरीले १३ थान कौडा, १३ बुक तास र ७३ हजार रुपैयाँ नियन्त्रणमा लिएको छ ।

यसै गरी प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै सोही स्थानबाट एक जना महिलालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस