सत्ता गठबन्धन पवित्र गठबन्धन : बाबुराम भट्टराई « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सत्ता गठबन्धन पवित्र गठबन्धन : बाबुराम भट्टराई


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सत्ता गठबन्धन पवित्र गठबन्धन भएको जिकिर गरेका छन् ।

सोमबार काठमाडौँमा गठबन्धनको वाग्मती प्रदेशस्तरीय भेला उनले वैचारिक समानता कायम गरेर गठबन्धन गरिएको बताए ।

‘वैचारिक, भूराजनीतिक ढङ्गले समानता कायम गरेर यो गठबन्धन बनाएका छौँ । कतिपयले भन्ने गर्छन्- यो अपवित्र गठबन्धन । सबैभन्दा पवित्र गठबन्धन यही हो,’ भट्टराईले भने ।

उनले नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितको चुनावी गठबन्धनलाई अपवित्र गठबन्धनको संज्ञा दिए ।

‘विचारविहीन ढङ्गले राजावादी शक्तिहरू, पृथकतावादी शक्तिहरू वामपन्थी बनेर चरम उग्र राष्ट्रवादको नारा दिएर फाँसीवादी धारको उदय भएको थियो युरोपमा । त्यसको प्रवर्द्धन गर्ने शक्तिहरूको त्यो गठबन्धन अपवित्र गठबन्धन हो,’ उनले भने ।

उनले सत्ता गठबन्धनले प्रतिगमनलाई रोकेर देशलाई सुशासन, समृद्धि हुँदै अग्र गणको दिशामा लैजाने जिकिर गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस