२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अबको ध्यान गरिबी निवारण र रोजगारी सृजनातर्फ : सञ्चारमन्त्री कार्की

अ+ अ-

इनरुवा । सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा लाग्ने बताएका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित चक्रघट्टि जेसीजले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनले सुनसरी-४ का साथै देशको समग्र विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाका लागि योजना बनाएर अगाडि बढनेमा जोड दिए ।

नेपाली कांग्रेससहित लोकतान्त्रीक बाम गठबन्धनको तर्फबाट प्रतिनीधिसभा सुनसरी-४ का उमेदवारसमेत रहेका मन्त्री कार्कीले २०७४ सालको निर्वाचनमा आफूले जनता सामु गरेको प्रतिबद्धता धेरैजसो पूरा गरेको जानकारी दिए । यस क्षेत्रको शिक्षा, स्वास्थ्य, विद्युत, भौतिक निर्माणकार्य पाँच वर्षमा गरेको बताउदै अब गरिबी निवारण र रोजगारी सृजनालाई प्राथमिकता दिने उल्लेख गरे ।

देशको विकासका लागि पर्यटन, ऊर्जा, उद्योग, कृषिसहित सूचना प्रविधिको समेत महत्पपूर्ण भूमिका हुने भएकाले यससँगै अरु कामलाई अगाडि बढाउने प्रतिवद्धता उनले व्यक्त गरे । उनले यस क्षेत्रमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा सूचना प्रविधिको र पेपरलेस प्रविधिकार्य आफनै पहलमा हुन लागेको जानकारी दिए ।

चक्रपट्टि जेसीजले गत साता आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत तनाव व्यवस्थापनका लागि योगाभ्यास, साइबर क्राइम विरुद्ध अन्तक्रिया, नेतृत्व र व्यक्तित्व विकासका लागि जेसिज विषयक अन्तरक्रिया, मैत्रीपूर्ण फुटबल र शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको मूल आयोजक समितिका कार्यक्रम संयोजक तेजबहादुर पुरी (सन्तोष)ले बताए ।