काँग्रेसको घोषणापत्र सार्वजनिक नहुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेसको घोषणापत्र सार्वजनिक नहुने


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसले सोमबार चुनावी घोषणापत्र सार्वजनिक नगर्ने भएको छ ।

सोमबार बिहान साढे १० बजे घोषणापत्र सार्वजनिक गर्ने तय भए पनि स्थगित भएकाे हाे । यसअघि काँग्रेसले आइतबार अपराह्न ५ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको थियो । तर, केही विषय थप गर्नुपर्ने भएपछि मिति सरेको थियाे ।

काँग्रेसले डिजिटल घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । समितिका प्रवक्ता सहमहामन्त्री जीवन परियारका अनुसार घोषणापत्रको डिजिटल कपी जुममार्फत सार्वजनिक गर्न लागिएको हो ।

अब अर्काे सूचना नहुञ्जेलसम्मका लागि घोषणापत्र स्थगित भएकाे हाे ।

Tags :
प्रतिक्रिया दिनुहोस