२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले जनतालाई गाउँमा बस्ने वातावरण निर्माण गर्छ : रामचन्द्र पौडेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले विकास र राजनीतिलाई सँगै अगाडि बढाउने बताएका छन्।

काँग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले आइतबार यहाँ आयोजना गरेको ‘तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै उनले काँग्रेसले जनतालाई गाउँमा बस्ने वातावरण निर्माण गर्ने बताए।

‘तनहुँको यातायात, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत विकासमा काँग्रेसको महत्त्वपूर्ण भूमिका रहेको छ, काँग्रेस राजनीतिका लागि राजनीति मात्र नगरेर जनतालाई गाउँमा बस्ने वातावरण निर्माण गर्छ’, उनले भने। लोकतान्त्रिक आन्दोलनको इतिहास तनहुँसँग जोडिएको उनको भनाइ छ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताए।

काँग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले मुलुकको आर्थिक विकास र संविधानको रक्षाका लागि काँग्रेसको नेतृत्वमा निर्माण भएको लोकतान्त्रिक(वाम गठबन्धनलाई विजय गराउन आवश्यक रहेको बताए।

तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार भण्डारीले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन काठमाडौँबाट आआफ्नो गाउँमा गएर खट्न आग्रह गरे। काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले संविधानको रक्षा गर्दै मुलुकको आर्थिक विकास गर्नका लागि गठबन्धन निर्माण गरेको बताए। काँग्रेस केन्द्रीय सदस्य ध्रुव वाग्लेले तनहुँ सान र विकासका लागि काँग्रेस गठबन्धनलाई विजयी गराउन आवश्यक रहेको बताए।

काँग्रेस तनहुँका सभापति एवं तनहुँ क्षेत्र नं २ प्रदेश (२)का उम्मेदवार जीतप्रकाश आले, काँग्रेसको तर्फबाट तनहुँ क्षेत्र नं १ प्रदेश (१) का उम्मेदवार अशोककुमार श्रेष्ठले पार्टीभित्रको आन्तरिक झगडालाई निर्वाचनमा देखाउन नहुने धारणा राखेका थिए ।

काँग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिका सभापति उत्तम मिश्रले तनहुँको आर्थिक विकासका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनको जित आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस