२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा तिहार लक्षित विशेष एकीकृत सुरक्षा योजना लागु

अ+ अ-

डोटी । जिल्ला सुरक्षा समिति डोटीले तिहार र छठ पर्वलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना लागु गरी सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ ।

तिहार र छठ पर्वको समयमा जुवा-तास, जाड-रक्सी लगायत पटाका विस्फोटक पदार्थहरू अवैध रूपमा जिल्लामा भित्र्याउन तथा प्रयोगमा रोक लगाउने उद्देश्यका साथ सुरक्षा व्यवस्था कडा पार्न लागिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । उनले विशेष सुरक्षा योजना अन्तर्गत सुरक्षा गस्तीलाई बढाउँदै सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्ने, सम्भावित घटनास्थलहरूको अध्ययन गर्नुका साथै चाडबाडको समयमा सुरक्षा चुचौति बढी हुने भएकोले गैह्र कानुनी गतिविधि हुन नदिन सुरक्षा निगरानी बढाउने बताइन् । 

जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार सूचना जारी गर्दै भुईचम्पा, पटाका जस्ता विस्फोट पदार्थ ओसार पसार, बिक्री वितरण नगर्न, जुवातास खेल्ने खेलाउने कार्य नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला र झैझगडा नगर्न हुनका साथै तिहारको समयमा देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम राति ८ बजे सम्म मात्र खेल्न पाउने जानकारी गराएको छ । प्रशासनले जारी गरेको सूचना विपरीत कसैले गरेको अवस्थामा कानुन बमोजिम कारबाही गरिने समेत जानकारी गराएको छ । 

आयात र प्रयोगमा निगरानी

जिल्ला प्रहरी कार्यालय डोटीले नेपालीहरूको दोस्रो ठुलो चाड तिहार र छठको समयमा बाहिरी जिल्लाबाट प्रज्वनलशील पदार्थ पटाकाहरू भित्रिन सक्ने भन्दै चेकजाँचमा कडा निगरानी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी भोला भट्टले जानकारी दिए । 

उनले भने, चाड वाडको समयमा जुवा तास, गाडीहरूमा ओभरलोड, चोरी लुटपाटका घटनाहरू नहुन भन्नाको लागि सुरक्षा व्यवस्था कडा गरिएको बताए ।  सादा  पोसाकमा गस्ती परिचालन, आवश्यकता अनुसार सशस्त्र प्रहरी परिचालन, मोबाइल, पेट्रोल गस्ती रहने समेत बताए । तिहारका बेला हुन सक्ने घटनालाई मध्यनजर राख्दै जिल्लाका विभिन्न स्थानमा चेकजाँचमा कडाइ गर्नुका साथै सुरक्षा व्यवस्था कडा पारिएको बताए । 

तिहारको समयमा बाहिरी जिल्लाबाट पटाका जस्ता प्रज्वलनशील पदार्थ ल्याउने र प्रयोग गर्ने कुरा पूर्ण रूपमा रोक लगाएकाले पटाका ल्याउने प्रयास नगर्न सबैमा आग्रह गरेको सूचना अधिकारी भट्टले बताए ।यदि कसैले यस्ता काम गरेको अवस्थामा कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने समेत बताए ।  

प्रतिक्रिया दिनुहोस