एमालेले कहिले ल्याउँदै छ घोषणापत्र ? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एमालेले कहिले ल्याउँदै छ घोषणापत्र ?


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको घोषणापत्र तिहारपछि मात्र ल्याउने भएको छ ।

एमालेका केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार घोषणापत्रमा प्राप्त सुझावहरू अध्ययनका क्रममा छन् । ‘धेरै सुझावहरू आएका छन्, प्राप्त सुझावहरूको अध्ययन हुँदैछ । सुझावहरू समेतलाई समेटेर अन्तिम रूप दिन केही दिन लाग्ने भएकाले तिहार लगत्तै सार्वजनिक गर्ने तयारी गरिएको हो’ अधिकारीले भने ।

यसवर्षको तिहारको मुख्य दिन भाइटिका असोज १० गते परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस