२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनअघि प्रहरीमा ४ एआईजीको दरबन्दी रिक्त हुँदै, दर्जन बढी प्रतिस्पर्धी 

अ+ अ-

काठमाडौँ । प्रहरीमा हाल दुईजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी रिक्त छ । ०७९ साउन २० मा विश्वराज पोखरेल र भदौ २३ मा मुकुन्दराज आचार्यले अवकाश पाएका थिए । अहिलेका आइजिपी धीरजप्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका पोखरेल र आचार्यले उमेर हदका कारण अवकाश पाएका हुन् । प्रहरी अतिरिक्त महानिरीक्षकको उमेर हद ५६ वर्ष छ । 

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि थप दुईजना एआईजीले अवकाश पाउँदै छन् । उपत्यका प्रहरी कार्यालयका एआईजी रवीन्द्रबहादुर धानुकले कात्तिक २४ बाट अवकाश पाउँदै छन् । प्रशासन विभाग प्रमुख एआईजी अरुणकुमार बिसी कात्तिक १४ बाट अवकाशमा जाँदै छन् ।

प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतका अनुसार अवकाश हुने समय निकट भएकाले उनले बिदा लिएका छन् । ‘एआईजी अरुण बिसी बिदामा बस्नुभएको छ’ प्रहरी प्रधान कार्यालयका ती अधिकृतले भने, ‘तिहार पछिसम्म उहाँ बिदामा बस्नुभएको छ ।’ 

उपत्यका प्रहरी कार्यालयका एआईजी रवीन्द्रबहादुर धानुक एआईजीको उमेर हद बढाउने कसरतमा लागेका छन् । प्रहरी नियमावली संशोधन गरेर एआईजीको उमेर हद ५८ वर्ष बनाउन कात्तिक ३ मा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगिएको थियो । तर, सो प्रस्ताव उपर कुनै निर्णय नभएको बताइएको छ । 

२०७८ चैत १७ मा धीरजप्रताप सिंहसँगै रवीन्द्रबहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो । विश्वराज पोखरेलसहित ४ प्रतिस्पर्धीलाई पछि पार्दै एआईजी भएको एक महिनामा सिंह आइजिपी भएका थिए ।

पोखरेल र आचार्यको अवकाशसँगै प्रहरीको कार्य विभाग र प्रदेश समन्वय विभागमा एआईजीको दरबन्दी रिक्त छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि उपत्यका प्रहरी कार्यालय र प्रशासन विभागको दरबन्दी रिक्त हुँदैछ ।  

यसैबिच चुनावअघि रिक्त हुने ४ वटा एआईजी पदमा बढुवा हुन करिब एक दर्जन डीआईजी प्रतिस्पर्धामा छन् । मधेस प्रदेशका डिआइजी मसाउद अलम खाँ, लुम्बिनी प्रदेशका नल प्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेशका मोहन कुमार आचार्य मेरिट लिस्टमा अगाडि छन् । 

२०७९ असारमा प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापा प्रतिस्पर्धामा अगाडि छन् । बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी किरण बज्राचार्य, उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत मीरा चौधरीसहित सन्दीप भण्डारी, दुर्गा सिंह र किरण राणा एआईजीका प्रतिस्पर्धी हुन् ।

प्रतिक्रिया दिनुहोस