सचिव न्यौपाने सम्मानित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सचिव न्यौपाने सम्मानित


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ ।  गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् एनआरएनएका सचिव खगेन्द्र न्यौपाने राष्ट्रिय सेवा सम्मान २०७९ बाट सम्मानित भएका छन् । 

शनिबार फोकस नेपालले राष्ट्रिय नाचघर जमल काठमाडौँमा आयोजना गरेको हिन्दुहरूको दोस्रो ठूलो महान् चाड तिहारको अवसरमा शुभकामना विशेष  सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन र स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय भवानीप्रसाद खापुङ्ले संयुक्त रूपमा भव्य समारोहबीच न्यौपानेलाई सम्मान गरिएको हो। 

झापामा जन्मिई मलेसियालाई आफ्नो कर्मभूमि बनाएका न्यौपाने विगत २ दशकदेखि विदेशमा रहेर पनि समुन्नत नेपाल निर्माणको लागि विभिन्न  क्षेत्रमा सक्रिय रहेका छन्। हाल मलेसियामा एटी सेक्युरिटी कम्पनी सञ्चालन गर्दै १ हजार  भन्दा बढी नेपालीलाई रोजगारी दिइरहेका न्यौपाने विकास हाइड्रोपावर कम्पनी नेपालका अध्यक्ष  समेत रहेका छन्। त्यससँगै  ट्राभल्स,बैङ्किङ,रियल स्टेट क्षेत्रमा पनि नेपालमा लगानी गरेका छन्।

उपराष्ट्रपतिको हातबाट सम्मान ग्रहण  पाउँदा आफूलाई गर्व महसुस भएको न्यौपानेले प्रतिक्रिया दिँदै आगामी दिनमा पनि थप सामाजिक कार्य गर्दै अगाडी बढ्ने बताए। उनले आफूले निस्स्वार्थ रूपमा गरेको समाजसेवाकै आधारमा सम्मानित गरिएकोमा सम्माननीय उपराष्ट्रपतिप्रति आभार व्यक्त गरे।

Tags :
प्रतिक्रिया दिनुहोस