जति प्रयास गरे पनि ओलीलाई सुधार्न सकिएन : माधव नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जति प्रयास गरे पनि ओलीलाई सुधार्न सकिएन : माधव नेपाल


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  गठबन्धनको अभियानमा सबैलाई एकजुट हुन् अनुरोध गरेका छन्। आइतबार वीरेन्द्रनगरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष नेपालले मुलुकको राजनीतिमा व्यक्तिवाद हाबी भएको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको नेतृत्व गरेको आरोप लगाए । 

ओलीले लोकतन्त्रलाई धुलिसाफ पार्ने कोसिस गरेको बताउँदै उनले गणतन्त्र विरोधी शक्तिसँग साँठगाँठ गरेको आरोप समेत लगाए । आफूहरूले ओलीलाई सुधार्न निकै प्रयास गरे पनि नसुध्रेको स्मरण गर्दै उनले भने, ‘ओलीले देश भाँडमा जावस्, मेरो स्वार्थको रक्षा हुनुपर्छ भनेर राज्यसत्ता सञ्चालन गरे । हामीले धेरै सुधार्ने कोसिस गर्दा पनि सुध्रेनन् ।’ नेपालले पाँच दलीय  गठबन्धन अग्रगामी गठबन्धन भएको बताए ।

उनले प्रदेशमा प्रतिगमनकारी शक्तिको विरुद्धमा लड्न आफ्ना नेताहरुले गरेको योगदानको बारेमा चर्चा समेत गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस