पाकिस्तानले जितका लागि भारतलाई दियो १६० रनको लक्ष्य « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पाकिस्तानले जितका लागि भारतलाई दियो १६० रनको लक्ष्य


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । आइसिसी टी-ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा  पाकिस्तानले भारतलाई जिताका लागि १६० रनको लक्ष्य दिएको छ ।  मेलर्वनमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनायो । 

पाकिस्तानका लागि इफ्तिखर अहमद र साहन मक्सोदले  अर्धशतकीय पारी खेले ।  अहमदले ३४ बल खेल्दै  २ चौका ४ छक्का प्रहार गर्दै ५१ रन बनाए ।   त्यस्तै ४२ बल खेलेका मक्सोदले ५ चौकाको सहयोगमा ५१ रन बनाए । 

बलिङतर्फ भारतका लागि हार्दिक पाड्याले र अर्शदीप सिंहले तीन–तीन विकेट लिए । त्यस्तै मोहम्मद श्वामी र भुवनेश्वर कुमारले एक-एक विकेट लिए । 

आजको खेलमा जित निकाल्दै दुवै टोली प्रतियोगिताको सुपर १२ मा सुखद सुरुवात गर्ने योजनामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस