काँग्रेसको घोषणापत्र तयार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेसको घोषणापत्र तयार


६ कार्तिक २०७९, आइतबार


काठमाडौं । सत्तारूढ दल नेपाली काँग्रेसले घोषणापत्र लेखन सम्पन्न गरेको छ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले ४१ सदस्यीय घोषणापत्र लेखन समिति गठन गरेको थियो ।

महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको घोषणापत्र समितिले लेखनको सम्पूर्ण काम सकेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

काँग्रेस केन्द्रीय सदस्य तथा घोषणापत्र लेखन समिति सदस्य प्रा।डा। गोविन्द पोखरेलले सम्भव भए आज साँझसम्म घोषणापत्र सार्वजनिक हुने बताए । उनले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको समय कुरेर बसेको जानकारी दिए ।

समितिले विषयगत समिति बनाएर घोषणापत्रमा छलफल गरेको थियो । यस्तै, सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट सुझावको माग गरिएको थियो । सबै विषयलाई समेटेर घोषणापत्र लेखिएको उनले जानकारी दिए ।

डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेल, डा. कृष्णप्रसाद पौडेल, गेजा शर्मा वाग्ले जस्ता विषयगत विज्ञहरूले काँग्रेसको घोषणापत्र लेखेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस