२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकप : भारत र पाकिस्तान भिड्दै

अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपमा सर्वाधिक प्रतीक्षित मानिएको भारत र पाकिस्तानबिचको खेल आइतबार हुँदै छ। मेलबर्न क्रिकेट मैदानमा समूह २ अन्तर्गत हुने खेल दिउँसो १:४५ मा सुरु हुने छ।

उक्त खेलका लागि १ लाख दर्शकले मैदानमा र करिब ३० करोडले टिभी तथा डिजिटल प्लेटफर्मबाट खेल हेर्ने अनुमान गरिएको छ। भारत-पाकिस्तानको खेलमा वर्षाको सम्भावना पनि कमजोर रहेकाले प्रतियोगिता बहुप्रतिक्षित बनेको छ।

३७ वर्षपछि मेलबर्नमा २ टिम भिड्दै
अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदान (एमसिजी) मा ३७ वर्षपछि भारत र पाकिस्तान एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन्। पछिल्लो पटक १९८५ मा बेसन एन्ड हेजेस विश्व च्याम्पियनसिपमा दुवै टिम प्रतिस्पर्धा गरेका थिए।

जहाँ सुनिल गावस्करले भारतको कप्तानका रूपमा अन्तिम खेल खेलेका थिए। यो खेलपछि यी दुई टिमबिच त्यसपछि यो मैदानमा आइतबार प्रतिस्पर्धा हुन लागेको हो।

कस्तो छ मेलबर्नको पिच ?
एमसिजी मैदानमा पछिल्ला ५ खेलमा लक्ष्य पछ्याउने टिमले जित हासिल गरेको छ। यी पाँच खेलमा सर्वाधिक उच्च स्कोर १ सय ७५ रन बनेको थियो। जुन अस्ट्रेलियाले श्रीलंकाविरुद्ध बनाएको थियो।

पहिलो इनिङमा औसत १ सय ४५ को रन बनेको छ। दोस्रो इनिङको औसत १ सय ४० रन रहेको छ। भारतले यो मैदानमा एक इनिङमा सर्वाधिक १ सय ८४ रनसम्म बनाएको छ।

पाकिस्तानको भने यो मैदानमा औसत स्कोर १ सय २५ रहेको छ। यो पिचमा तीव्र बलर हाबी हुँदै आएका छन्।

समग्र विश्वकपमा भारत बलियो तर अघिल्लो विश्वकपमा १० विकेटले पराजित

दुई टिमबिच टी–२० विश्वकपमा अहिलेसम्म ६ पटक प्रतिस्पर्धा भएको छ। भारतले पाँच पटक पाकिस्तानलाई पराजित गर्दा पाकिस्तानले भने एक पटक मात्र भारतलाई हराएको छ।

भारतीय क्रिकेट टिमले गत वर्ष युएइमा भएको टी–२० विश्वकपका दौरान पाकिस्तानसँग १० विकेटको हार भोगेको थियो।

टी–२० फर्म्याटमा अहिले सम्म ११ खेल भएको छ। ७ खेलमा भारत विजयी हुँदा ३ खेलमा पाकिस्तानले जित हासिल गरेको छ। १ खेल बराबरी भएको छ।

प्रतिक्रिया दिनुहोस