काठमाडौँ ९ का उम्मेदवार मिलन पाण्डेले ल्याए घोषणापत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ ९ का उम्मेदवार मिलन पाण्डेले ल्याए घोषणापत्र


५ कार्तिक २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ क्षेत्र नं.९ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मिलन पाण्डेले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । शनिबार स्यूचाटारमा आयोजित कार्यक्रममा आफ्ना प्रतिवद्धता सार्वजनिक गर्दै उनले यसपालि मतदाताहरू परिवर्तनको पक्षमा रहेकाले ३१ वर्षदेखि स्थापित एउटै अनुहारलाई धन्यवादसहित बिदा गर्नुपर्ने बताए ।

कार्यक्रममा विवेकशील अभियान र साझा पार्टी नेपालको तर्फबाट बागमती प्रदेश सभाको लागि २७ जना उम्मेदवारको तर्फबाट पनि प्रतिबद्धता सार्वजनिक गरिएको थियो ।

पाण्डेले आफू उम्मेदवारसँगै यही क्षेत्रको मतदाता समेत हुनाले आफ्नो सांसदको रूपमा नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले प्रतिनिधित्व गर्न नसकेको बताए ।

पाण्डेले आफूलाई सत्ता गठबन्धन र एमाले नेतृत्वको गठबन्धनलाई छोडेर भोट दिनुपर्ने ५ कारण पनि उल्लेख गरे । आफू इन्जिनियर भएको हुँदा विकासलाई वैज्ञानिक र परिणाममुखी तरिकाले बुझेको, आफू ३३ वर्षको युवा भएकोले र परिवर्तनलाई नजिकबाट बुझेको पनि पाण्डेले जिकिर गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस