२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकको स्थिरताका लागि गठबन्धनलाई विजयी गराउनु पर्छ : मन्त्री भुसाल

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उपलब्ध स्रोत र साधनलाई  सदुपयोग गर्दै ललितपुरलाई समृद्ध बनाइने बताएकी छन् । 

ललितपुर महानगरपालिका १४ नं वडामा स्थापना गरिएको सत्ता गठबन्धनका तर्फबाट निर्वाचन प्रचारप्रसार कार्यालय आज उद्घाटन गर्दै उनले ललितपुरको कला, सम्पदा र संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिइन् । 

‘ललितपुरको कला र संस्कृतिको विकास तथा पर्यटन प्रवर्द्धन गर्दै आर्थिक समृद्धि हासिल गर्नुपर्छ’, मन्त्री भुसालले भनिन्, ‘पर्यावरण संरक्षण गर्दै स्वच्छ वातावरण प्रवर्द्धन गर्नुपर्छ, पछाडि परेका महिला, आदिवासी जनजाति तथा बालबालिकालाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ, तब मात्र समृद्धि हासिल हुन्छ ।’

ललितपुर क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेकी उनले भनिन्, ‘हरेक घरघरमा अर्ध बेरोजगारको अवस्था छ, स्रोत साधन र सम्पदालाई एकै ठाउँमा राखेर मुलुकलाई सम्पन्न बनाउनुपर्छ, बेरोजगारको समस्या समाधान गर्नुपर्छ ।’

नेपालको संविधानबमोजिम प्रतिनिधिसभा सदस्यका लागि आवश्यक योग्यता पुगेका नागरिकलाई जुनसुकै क्षेत्रबाट उम्मेदवार हुन पाउने व्यवस्था गरेकाले आफूले गएका तीन वटा निर्वाचन ललितपुरबाट नै सहभागी भएको मन्त्री भुसालले जानकारी गराइन् ।  ।’विगत ४० वर्षदेखि म ललितपुरबाटै सक्रिय राजनीति गरिरहेको छु’, उनले भनिन्,’यस सम्बन्धमा कोही पनि भ्रममा पर्न जरुरी छैन ।’ गणतन्त्र र संविधानको रक्षाका लागि वर्तमान गठबन्धन बनेको जनाउँदै मन्त्री भुसालले मुलुकको स्थायित्वका लागि देशव्यापीरुपमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिइन् । 

 नेपाली काँग्रेसका ललितपुर जिल्ला सभापति एवं ललितपुर क्षेत्र नं ३ (२) का उम्मेदवार जीतेन्द्रकुमार श्रेष्ठले मुलुकलाई समृद्ध बनाउने सङ्कल्प पूरा गर्न गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने आवश्यकता औँल्याइन् । 

प्रतिक्रिया दिनुहोस