गठबन्धन चुनाव जित्न र सत्ता पाउन मात्रै होइन : पौडेल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गठबन्धन चुनाव जित्न र सत्ता पाउन मात्रै होइन : पौडेल


५ कार्तिक २०७९, शनिबार


मोरङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो गठबन्धन चुनाव जित्न र सत्ता पाउन मात्रै नभएको बताएका छन् ।

विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै उनले परिवर्तन बचाउन गठबन्धन गरिएको बताए ।

कोतपर्व र भण्डारखाल पर्व मच्चाउनेहरूले लोकतन्त्र आएपछि केही भएको छैन भनेर प्रचार गरेको भन्दै उनले अवस्था त्यस्तो नरहेको बताए ।

पूर्व राजा ज्ञानेन्द्र तथा केपी ओलीलाई नामै लिएर उनले प्रतिगमन अब नफर्कने पनि बताए । ‘छद्मभेषीहरूले अनेक हतकण्डा मच्चाउने कोसिस भएको छ,’ उनले भने, ‘त्यसलाई जनताले चिन्नुपर्छ ।’

नेपाललाई र नेपालको अर्थतन्त्रलाई बलियो बनाउन गठबन्धनलाई जिताउनुपर्छ । गठबन्धन साथीहरूले मनमुटाब एक आपसमा हटाएर अगाडि बढ्नुपर्नेमा पौडेलले जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस