सुर्खेतमा देउसी भैलो बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै खेल्न आग्रह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुर्खेतमा देउसी भैलो बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै खेल्न आग्रह


५ कार्तिक २०७९, शनिबार


सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले देउसी भैलो कार्यक्रम बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ ।

तिहारको समयमा दियो, मैनबत्ती, पालाहरू बाल्ने एवम् विद्युतीय उपकरणहरू प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटनाहरू घट्न सक्ने भएकाले सोतर्फ सचेत रहनसमेत प्रशासनको अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर पटाका, आतस बाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार नगर्न तथा नपड्काउन अनुरोध गरेको छ । दीपावली तथा छठ पर्व नजिकिएसँगै उक्त कार्य गरेको पाइएको खण्डमा प्रशासनले कारबाही गर्ने जनाएको छ ।

प्रशासनले उक्त कार्य नगर्न अनुरोधसमेत गरेको र यदि कसैले सूचनाको अवज्ञा गरी कानुन विपरीतका कार्यहरू गरे वा गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस