व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिवद्ध छ :  पर्यटनमन्त्री श्रेष्ठ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिवद्ध छ :  पर्यटनमन्त्री श्रेष्ठ


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकमा व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिवद्ध रहेको बताएका छन् । मारवाडी सेवा समितिले बिहीबार काठमाडौँमा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री श्रेष्ठले निजी क्षेत्रले भोग्नुपरेका समस्यालाई समाधान गर्दै व्यवसायमैत्री वातावरण बनाउन बाम-लोकतान्त्रिक गठबन्धन क्रियाशील रहने बताए । 

मंसिर ४ गते हुने आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ बाट बाम-कतान्त्रिक गठबन्धनको साझा उम्मेदवार रहेका मन्त्री श्रेष्ठले दिगो अर्थतन्त्र निर्माणका लागि विभिन्न क्षेत्रमा सुधार आवश्यक रहेको बताए ।

 समुन्नत मुलुक निर्माणमा निजी क्षेत्रबाट योगदान पुर्‍याउन व्यवसाय मैत्री वातावरण अपरिहार्य रहेको बताउदै उनले नीतिगत सुधार, क्षमता विस्तार जस्ता व्यावसायिक सुधारका कामहरू अघि बढाउनुपर्ने बताए । उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार गम्भीर रहेको समेत उनले बताए । 

लोकतन्त्र संस्थागत नभई आर्थिक विकास र विभिन्न  पेसा, व्यवसाय र रोजगारीमा संलग्न नागरिकको अधिकार सुरक्षित नहुने भन्दै उनले लोकतन्त्र र संविधानको रक्षा लागि गठबन्धन बनाउनुपरेको बताए  । 

कार्यक्रममा प्रदेशसभाका उम्मेदवार राजुराज जोशीले नीतिगत र व्यवहारिक पक्षमा लगानी मैत्री वातावरण बनाउन आफूहरू लागिपर्ने बताए ।  कार्यक्रममा समितिका अध्यक्ष कैलाश गोयल लगायत पदाधिकारीहरूले मारवाडी सेवा समितिले गरिरहेका सामाजिक सेवाका कामहरूबारे जानकारी दिएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस