३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अबको प्रधानमन्त्री तपाईँ नै हो भन्छन्, इच्छा पनि छ : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवसर पाए मुलुकको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् ।

उनले चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सत्ता गठबन्धन भित्र छलफल नभएको तर अवसर पाए आफूलाई नेतृत्व गर्ने इच्छा भएको बताएका हुन् ।

पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधार विकासमा ध्यान दिएको, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोरको परिकल्पना र विद्युतीकरणको परिकल्पना अगाडि सारेको र दोस्रो पटक प्रधानमन्त्री हुँदा राष्ट्रिय एकता र विकासको मोडल र लोकतन्त्रको सुदृढीकरणमा ध्यान दिएको प्रचण्डको भनाइ छ ।

तर, विगतमा अनुभव र समयको कमीका कारण प्रभावकारी काम गर्न नसकेको समेत बताएका छन् । अब तेस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाए विकासमा फड्को मार्ने गरी काम गर्ने उनको दाबी छ । 

आफ्नो चाहनामा शेरबहादुर देउवा सकारात्मक रहेको आफूले ‘स्मेल’ पाएको पनि उनको दाबी छ ।

असोज ३० गते काठमाडौँ क्षेत्र नम्बर २ मा भएको सत्ता गठबन्धनको कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले शेरबहादुर देउवा र प्रचण्डलाई देखाउँदै वर्तमान प्रधानमन्त्री र भावी प्रधानमन्त्री यहीँ छन् भनेका थिए ।

प्रचण्डले प्रधानमन्त्रीका लागि मरिहत्ते नगर्ने र अवसर आए चाहिएन पनि नभन्ने पटक-पटक दोहोर्‍याए । तर, राजनीतिक दल, बौद्धिक जगत, सुरक्षा निकायका अधिकारीहरू, कर्मचारी क्षेत्रका व्यक्तिहरू सबैले आफूलाई भावी प्रधानमन्त्रीका हेरेर सम्बोधन गर्ने गरेको उनले जिकिर गरे ।

प्रचण्ड यसपटक गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस