२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रासन घोटालामा मुछिएका एसपीको ठाउँमा नयाँ एसपीको काज सरुवा

अ+ अ-

काठमाडौँ । दार्चुलाको खलङ्गास्थित सशस्त्र प्रहरीको ४४ नं गणमा कमाण्डर फेरिएका छन्। रासन घोटाला प्रकरण लुकाउन हवल्दारलाई हातहतियार र गोलीगठ्ठाको सूची सार्वजनिक गरेको भन्दै झुटो मुद्दा लगाउने एसपी त्रिभुवन विष्टको ठाउँमा नयाँ एसपीको काज सरुवा भएको हो।

रासन घोटालाकाण्डमा विष्ट हलचोकस्थित हेडक्वाटर तानिएका थिए। अहिले उनको ठाउँमा एसपी डम्बरबहादुर विष्टलाई पठाइएको छ। सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौवस्ता बाँकेबाट बिस्टलाई दार्चुलास्थित नम्बर ४४ गण हेडक्वाटर सरुवा गरिएको हो।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम (१) को खण्ड (ग) र नियमावलीको नियम ३६ बमोजिम सशस्त्र प्रहरी महानिरीक्षकले विष्टसहित चार जना एसपीहरूको काज सरुवा गरेका थिए। बिहीबार दार्चुला पुगेर विष्टले गणको कमाण्ड सम्हाल्ने तयारी गरेका छन्। तत्कालीन एसपी विष्ट हेडक्वाटर तानिएपछि डीएसपीले गणको कमाण्ड सम्हालिरहेका थिए।

एसपी विष्टले सशस्त्र प्रहरी कर्मचारीलाई बिदामा छाडेर राशनमा घोटाला गरिरहेको आरोपसहितका समाचार सञ्चार माध्यममा सार्वजनिक भएका थिए। तर, सङ्गठनको बदनाम गर्न खोजेको भन्दै गणमै कार्यरत सशस्त्र प्रहरी हवल्दार नरेशसिंह साहुविरुद्ध एसपी विष्टले विशेष अदालतमा मुद्दा दायर गरेका थिए।

उनले दार्चुलाका एक जना पत्रकारलाई सशस्त्र प्रहरी कर्मचारीको हाजिरी सम्बन्धी विवरण मात्र पठाएको भएपनि एसपी विष्टले हातहतियार सम्बन्धी सूचना चुहाएको आरोपमा मुद्दा दायर गरेका थिए। तर साहुले भने गत बुधबार सशस्त्र प्रहरीको विशेष अदालतबाट सफाइ पाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस