स्वास्थ्य राज्यमन्त्री केसी वीर अस्पतालको आइसियुमा भर्ना  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य राज्यमन्त्री केसी वीर अस्पतालको आइसियुमा भर्ना 


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसी उपचारका लागि वीर अस्पतालमा भर्ना भएका छन् ।

गत शुक्रबार डेंगु संक्रमण पुष्टि भएपछि केसी शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । तर स्वास्थ्यमा सुधार नभएपछि बुधबार वीर अस्पतालमा लगिएका थिए ।

अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्र बस्नेतले राज्यमन्त्री केसीको आइसियुमा उपचार भइरहेको बताए ।

राज्यमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न बिहीबार बेलुका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङ वीर अस्पताल पुगेका थिए । उनले उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

साउनयता नेपालमा ४२ हजार ५०४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ७७ जिल्लामा फैलिएको डेंगुका कारण यस वर्ष ५१ जनाको मृत्यु भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस