म राजधानी र राजनीति दुवै सफा गर्छु : प्रदीप पौडेल « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

म राजधानी र राजनीति दुवै सफा गर्छु : प्रदीप पौडेल


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । काँग्रेसका युवा नेता तथा काठमाडौँ ५ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप पौडेलले राजधानी र राजनीति दुवै सफा गर्ने बताएका छन्। 

सुरुदेखि नै चुनावी अभियानलाई आक्रामक बनाएका प्रदीपले काठमाडौँको विकास गर्दै व्यवस्थित र पर्यावरणीयमैत्री राजधानी बनाउने दाबी गरे।  

आजको पुस्ताले हरेक काम चाँडो र स्पिडमा होस् भन्ने चाहेको बताउँदै उनले राजनीतिक दलले अब भाषण मात्र होइन, देखिने, सुनिने र बुझिने गरी परिणाम ल्याउन जरुरी रहेको बताए। 

उनले जनताले आफूलाई अनुमोदन गरेको खण्डमा आगामी पाँच वर्ष खेर नफाल्ने बाचा गरेका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस