२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवकाश प्राप्त कर्मचारी ल्याएरै सुन-चाँदीका सिक्का बनाउँदै राष्ट्र बैङ्क

अ+ अ-

काठमाडौँ । तिहार नजिकिँदै गर्दा राष्ट्र बैङ्कबाट बिक्री हुने सुन, चाँदीका असर्फीको बिक्री पनि बढिरहेको छ।

नियमित दिनहरूमा सय डेढ सयको संख्यामा बिक्री भइरहेका यस्ता असर्फीको बिक्री बुधबार यता दैनिक ४/५ सयको दरमा बढिरहेको छ।

तर, यस्ता असर्फी बनाउने जनशक्ति अभावको कारण राष्ट्र बैङ्कले अवकाश प्राप्त कर्मचारीबाटै पनि असर्फी बनाउँदै आएको छ।

विसं २०७२ साल वैशाखमा आएको भूकम्पसँगै राष्ट्र बैङ्कको सुन्धारामा रहेको टक्सार विभागमा समेत क्षति पुग्यो।

त्यसपछि हाल बिजुलीबजारमा विभाग सारेर त्यहीबाट काम भइरहेको छ। गत वर्षसम्म स्टकमै रहेका सुन र चाँदीका असर्फी (सिक्का) बिक्री गरिरहेको विभागले यस वर्षबाट भने यही सिक्का बनाइरहेको छ।

राष्ट्र बैङ्कले विभिन्न समयमा सङ्घ संस्थाहरूका लागि समेत यस्ता सिक्का बनाइदिने गर्छ। स्वर्गीय सत्यमोहन जोशीलाई शताब्दी पुरुष घोषणा गरिएको समयमा समेत उनको आकृति अङ्कित यस्ता सिक्का निष्कासन गरिएको थियो।

राष्ट्र बैङ्कले चलनचल्तिका सिक्काहरू टक्सार गर्नुभन्दा पहिलेदेखि नै यो विभागबाट यस्ता सुन चाँदीका असर्फी तथा सिक्का बनाएर बिक्री गर्ने गर्दथ्यो।

उपत्यकाका सम्भ्रान्त वर्गहरूले समेत बच्चाहरूलाई पहिलो पटक अन्नप्रासन गर्दा चाँदीका सिक्काहरूको प्रयोग गर्ने, विवाहमा हुने ढोगभेट वा ठूला चाडपर्वमा राजपरिवार, राणा परिवार लगायतकहाँ यस्ता सुन चाँदीका यस्ता असर्फीले ढोग गर्ने चलन समेत थियो।

यस्तै, चलनमा समेत राष्ट्र बैङ्कबाट निष्कासन हुने यस्ता असर्फीहरूको प्रयोग हुने गरेको थियो। राष्ट्र बैङ्कले बिक्री गर्ने सुन, चाँदीको शुद्धता उच्च कोटी (९९९.९ टच)को हुने भएकोले पनि यहाँबाट यस्ता सिक्का खरिद गर्ने प्रचलन छ।

राष्ट्र बैङ्कले हरेक दिन यस्ता सिक्का बिक्रीमा राख्ने भएपनि नजिकिँदो तिहारको धनवन्तरी त्रयोदशीको दिनको लागि भन्दै आज बिहीबारदेखि नै यस्ता सिक्का बिक्री बढाएको छ।

राष्ट्र बैङ्कले सुनका २.५ ग्राम, ५ ग्राम, १० ग्रामको सिक्का बिक्री गरिरहेको छ। यिनको मूल्य करिब २१ हजार देखि ८५ हजार रुपैयाँ पर्छ।
त्यस्तै, चाँदीका १० ग्राम सिक्काहरू बिक्री गरिरहेको छ, जसको मूल्य १६ सय रुपैयाँ पर्छ। चाँदीका सिक्कामा गणेश र लक्ष्मीका आकृति बनाइएको छ।

राष्ट्र बैङ्कले हरेक दिन नयाँ दर रेटमा यस्ता सिक्का र असर्फी बिक्री गर्छ। दैनिक बजार मूल्य र अन्तर्राष्ट्रिय बजार मूल्यमा जुन उच्च छ, त्यसमा प्रति ग्राममा थप तीन सय रुपैयाँ प्रिमियम लिने गरेको छ। हालसम्म भने सिक्का तथा असर्फीको बिक्री उपत्यका बाहिर हुने व्यवस्था गरिएको छैन।

तिहारको धनवन्तरीमा विशेष रूपमा सुन, चाँदी लगायतका धातुका सामान खरिद गर्ने परिपाटी रहेकोले पनि राष्ट्र बैङ्कले समेत यस अवसरलाई लक्षित गरेर बिक्री गर्ने भएको छ।

कात्तिक ५ र ६ दुवै दिन धनवन्तरी पर्ने भएपनि ५ गते निकै छोटो समयमा धनवन्तरी कायम हुने भएकोले ६ गते खरिददारी गर्न सकिने ज्योतिष, पण्डितहरूले बताइरहेका छन्।

उनीहरूले धातुका सामान किनिए पनि धातुका हतियार किन्न नमिल्ने, काला कपडाहरू यो समयमा किन्न नहुने बताएका छन्।