पोखरा रङ्गशालामा प्याराग्लाइडिङ खेलाडी निसिमको सालिक स्थापना हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पोखरा रङ्गशालामा प्याराग्लाइडिङ खेलाडी निसिमको सालिक स्थापना हुने


३ कार्तिक २०७९, बिहिबार


पोखरा । नवौँ राष्ट्रिय खेलकुदका दौरान प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको स्मृतिमा पोखरा रङ्गशालामा अर्ध कदको सालिक स्थापना गरिने भएको छ ।

बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११५औँ बोर्ड बैठकले खेलका दौरान ज्यान गुमाउने खेलाडीको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय गरेको राखेप सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिए ।

उनका अनुसार बीमा रकम बाहेक पनि मृतक खेलाडीलाई सरकारबाट राहत दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय पनि भएको छ । राष्ट्रिय खेलकुदमा हरेक खेलाडीको १० लाखको जीवन बीमा गरिएको छ ।

असोज ३० गते प्याराग्लाइडिङको क्रस कन्ट्री विधामा प्रतिस्पर्धा हुँदै गर्दा सराङकोटमा भएको दुर्घटनामा नेपाल आर्मी क्लबका लागि खेलिरहेका उपाधि दाबेदार निसिमको निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस