रुसले गाभेको युक्रेनी क्षेत्रमा ‘मार्सल ल’ घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रुसले गाभेको युक्रेनी क्षेत्रमा ‘मार्सल ल’ घोषणा


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा ‘गाभिएका’ युक्रेनका चार क्षेत्रमा मार्सल ल लागु गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । रुसले दोनेत्स्क, लुहान्स्क, जापोरिझ्या र खेर्सोन क्षेत्रमा मार्सल ल लागु गरेको हो ।

बुधबार घोषणा गरिएको पुटिनको आदेशले रुसी सीमा क्षेत्रका अधिकारीहरूलाई थप शक्ति दिएको छ । ‘हामी रुसको सुरक्षा सुनिश्चित गर्न र भविष्यको रक्षा गर्न धेरै जटिल ठूला कार्यहरू गरिरहेका छौँ,’ पुटिनले भने ।

यो आदेशले त्यस क्षेत्रहरूबाट र भित्र आवागमन सीमित गर्न तथा त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न अनुमति दिएको छ । किभका एक अधिकारीले उक्त आदेशले केही परिवर्तन नहुने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस