तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेको उपचारका लागि २ लाख दिने « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेको उपचारका लागि २ लाख दिने


२ कार्तिक २०७९, बुधबार


काठमाडौँ । बझाङको तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचारका लागि खर्च स्वरुप रु दुई लाख उपलब्ध गराउने भएको छ । 

मस्टा गाउँपालिका-१ तुफान डाँडामा आज दिउँसो जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचार खर्चका लागि गाउँपालिकाबाट रु दुई लाख उपलब्ध गराउने बताए ।

सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्ग्री बजारदेखि मस्टा गाउँपालिका-२ खेतकोट जाँदै गरेको सु प प्र ०१-००१ च ११७ नम्बरको जीप मस्टा गाउँपालिकाको तुफान डाँडामा दुर्घटना भएको थियो । प्रहरीका अनुसार जीप सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस