गठबन्धनको ‘चक्रव्यूह’बाट निस्कन सफल भयौँ : उपेन्द्र यादव   « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गठबन्धनको ‘चक्रव्यूह’बाट निस्कन सफल भयौँ : उपेन्द्र यादव  


२ कार्तिक २०७९, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएको बताएका छन्।

बुधबार सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै यादवले सो कुरा बताएका हुन्। 

मंसिर ४ गते हुने प्रतिनिधिसभामा ९ र प्रदेश सभाका लागि २१ सिट मात्रै दिएर पुरै देशमा गठबन्धनलाई समर्थन गर्ने रणनीतिसहित पार्टीलाई समाप्त पार्न खोज्ने काँग्रेस र माओवादी केन्द्रको चक्रव्यूहबाट निस्कन सफल भएको उनले बताए।

उनका अनुसार प्रतिनिधिसभा सदस्य पदमा ८१ र प्रदेश सभामा एक सय ४५ स्थानमा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ। 

यादवले मधेसलाई समृद्ध बनाउन र मधेसीहरूको अधिकार स्थापित गर्न जसपाले मात्रै सक्ने दाबी गरे। उनले देशको मार्गदर्शन गर्ने जिल्लाका रूपमा चिनिएको सप्तरीबाटै पुनः चुनाव जितेर मधेस र देशलाई समृद्ध बनाउने उनको भनाइ थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस