प्रतिगमनलाई रोक्न गठबन्धन बन्यो : मन्त्री पौडेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रतिगमनलाई रोक्न गठबन्धन बन्यो : मन्त्री पौडेल


२ कार्तिक २०७९, बुधबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रतिगमनलाई रोक्न ५ दलीय गठबन्धन भएको बताएका छन् ।

बागलुङको निसीखोला गाउँपालिका सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले ५ दलीय गठबन्धन संविधान सिध्याउनका विरुद्ध भएको बताए । 

बागलुङ क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका पौडेलले मध्ये पहाडी लोकमार्ग निर्माण गर्दा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारका रूपमा काम गरेको स्मरण गराउँदै उनले ढोरपाटन साल्झण्डीको सडक कालोपत्रेको काम चलिरहेको उल्लेख गरे । 

रङ्गेली, हरिचौर, रणसिंहकिटेनी, भीमगिठे, दर्लिङ, निसीहुँदै प्युठान जोड्ने सडकको काम भइरहेको बताउँदै मध्यपहाडी लोकमार्गको विकल्पको रूपमा भएको बताए । बागलुङका दुरदराजका जनताको पीर मर्का बुझेको बताउँदै छुट्टै खालको प्रशासनिक कार्यालय बुर्तिबाङमा ल्याउने आश्वासन दिए ।  

Tags :
प्रतिक्रिया दिनुहोस