राप्रपा अब राष्ट्रिय पार्टी हुन्छ : ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राप्रपा अब राष्ट्रिय पार्टी हुन्छ : ओली


२ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी हुने दाबी गरेका छन्।

झापाको मेचीनगरमा एमाले र राप्रपाले संयुक्त रूपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले राप्रपाले देशको माया गरेकाले एमालेले सहयोग गरेको बताए ।

एमाले अध्यक्ष ओलीले चुनावको मुखमा फ्रि(भिसा र फ्रि(टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्नुपर्ने बताए।

उनले बारामा प्रतिनिधिसभा सदस्यका उम्मेदवारले फ्रि-भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरेको भन्दै आपत्ति जनाए।

बारा-४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले युवालाई फ्रि-भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कारबाही गर्नुपर्ने माग गरे।

निर्वाचनलाई केन्द्रमा राखेर एमालेले राप्रपासँग गरेको तालमेलपछि पहिलो पटक एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एउटै मञ्चबाट झापाका मतदातालाई रिझाउने प्रयास गरे।

तालमेलका बारेमा बुझाउन भन्दै आयोजना गरिएको एमाले र राप्रपाको संयुक्त अगुवा कार्यकर्ता भेलामा ओलीले सत्ता गठबन्धनका दलसँग निकै आक्रोश पोखे ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यकर्तालाई सूर्यमा भोट नहाले ४ मंसिरपछि पार्टीमा भेट नहुने चेतावनी दिए।

२०७४ सालको निर्वाचनमा जस्तै यसपटक पनि एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन एक आपसका परिपूरक बनेका छन्।

काँग्रेसको महाधिवेशनका बखत ‘हिँड्न नजान्ने गाईको बाछो’को उपनाम पाएका राजेन्द्र लिङ्देन अहिले ओलीका लागि भरोसा बनेका छन्।

काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाविरुद्ध लिङ्देनलाई ओलीले साथ दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस