बझाङमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बझाङमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु


२ कार्तिक २०७९, बुधबार


धनगढी । बझाङमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको मष्टा गाउँपालिका-४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको छ । 

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले भने, ‘हामी भर्खरै घटनास्थलमा आइपुगेका छौँ,’ चार जनाको शव निकालेका छौँ । घाइतेहरुलाई अस्पताल पठाइरहेका छौँ । विस्तृत विवरण अहिले दिन सक्ने अवस्था छैन ।’

जिपमा कति जना सवार थिए भन्ने एकिन भइसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस