२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । देशभरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ।

ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ चाम्लिङ खोल्सामा प्रदेश नम्बर २-०३-००१ त ५६५५ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय ५० मिटर तल खसेर गए राति दुर्घटना हुँदा ट्याक्टरमा सवार मैवाखोला गाउँपालिका-५ काम्साङ बस्ने ३१ वर्षीय पासाङ शेर्पा समेत ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।

यस्तै, रौतहटको फतुवाविजयपुर नगरपालिका-११ हिमालिवासस्थित सडकमा ना.३ ख २४४९ नम्बरको बसको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ७३ वर्षीया गौरी मैनालीको मङ्गलवार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका-५ मैनाहास्थित जङ्गलमा सु.प.प्र.०१-०११ प २४३२ नम्बरको मोटरसाइकल गाडामा ठोक्किएर मङ्गलवार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक लालझाडी गाउँपालिका-३ बल्मी बस्ने ३० वर्षीय रमेश रानाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ईशान मेमोरियल अस्पताल बेलौरीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, सर्लाहीको बरहथवा नगरपालिका-४ समनपुर पुलमा ना.५६ प ८९०४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मङ्गलवार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ बस्ने २९ वर्षीय भाग नारायण यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो।

त्यसै गरी,सुनसरीको रामधुनी नगरपालिका-५ स्थित सडकमा को.३६ प ५५५५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मङ्गलवार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-५ बस्ने ४० वर्षीय अनिल चौधरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस