प्रधानमन्त्रीका लागि योग्य छु : नेता सिंह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीका लागि योग्य छु : नेता सिंह


२ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताएका छन् ।

आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र काँग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हर किसिमबाट योग्य रहेको बताए ।

नेता सिंहले आफूले पार्टीका तल्लो स्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेको उल्लेख गर्दै सरकारको नेतृत्व गर्न आफू कमजोर नभएको बताए ।

सिंहले आफू देशको उपप्रधानमन्त्री बनिसकेको उल्लेख गर्दै अबको निर्वाचनपछि हरेक किसिमबाट प्रधानमन्त्री बनेर देश सञ्चालन गर्न र देशमा सुव्यवस्था, राजनीतिक स्थिरता गराउन आफू सक्षम रहेको बताए । उनले आफ्ना अनुभवले कुन पदका लागि योग्य छु भन्ने कुरा बोलिसकेको भन्दै प्रधानमन्त्रीको लागि अवसर पाए देशमा केही गरेर देखाउने भोक आफूमा रहेको बताए ।

नेता सिंहले काठमाडौँ क्षेत्र नम्बर १ मा आफूविरुद्ध धेरै स्वतन्त्र र अन्य पार्टीका उमेदवारहरु खडा भए पनि स्थानीयहरूको कामका लागि आफू नै योग्य रहेको बताए । स्वतन्त्र उमेदवारहरु अहिले परीक्षणको क्रममा रहेकाले सबैले एक अर्काको गलत प्रचारप्रसार नगरी आफ्ना एजेन्डाहरूलाई जनताबिचमा लैजानुपर्ने आवश्यकता भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस