२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामपुर नगरपालिकामा छैन नागरिक वडापत्र

अ+ अ-

रामपुर (पाल्पा) । सेवा प्रदायक निकायले प्रदान गर्ने सेवाका सम्बन्धमा सेवाग्राहीलाई दिने सूचना नागरिक वडापत्र हो ।

पारदर्शिता प्रवर्द्धन र सुशासन कायम राख्नका लागि नागरिक वडापत्र महत्त्वपूर्ण औजार मानिन्छ तर पाल्पाको रामपुर नगरपालिका कार्यालयमा भने नागरिक वडापत्र देखिँदैन ।

सेवा प्रदायक निकायले आफ्नो कार्यालयबाट प्रदान गर्ने सेवाको बारेमा जानकारी गराउने विवरण वा सूचना पार्टीका रूपमा लिइने नागरिक वडापत्र हरेक कार्यालयमा राख्नुपर्ने भए पनि यहाँको नगरपालिका कार्यालयमा कतै राखिएको पाइँदैन ।

नागरिकले कार्यालयमा गएर के–के सेवा लिने भन्ने जानकारीका लागि कार्यालय बाहिर राखिने जानकारीमूलक सूचना भए पनि रामपुर नगरपालिकाको कार्यालय परिसरमा कतै पनि नदेखिएको स्थानीयवासी भोजराज भट्टराई बताए ।

‘वडापत्र नहुँदा नगरपालिका कार्यालयमा सेवा लिन आउने नागरिक सूचना पाउनबाट वञ्चित हुन परेको छ’, उनले भने, ‘जाने बुझेका नागरिकले त कर्मचारीसँग सोधपुछ गरेर सूचना लिन्छन् अर्थात् वेबसाइटमार्फत सूचना हेर्लान् तर सामान्य नागरिक अन्धोजस्तै हुनुपरेको छ, वडापत्र अनिवार्य रूपमा राखिनुपर्ने भए पनि यहाँको नगरपालिकाले यसको व्यवस्था गरेको छैन ।’

नागरिक वडा पत्रसम्बन्धी सुशासन (व्यवस्थापन र सञ्चालन ऐन २०६४) ऐनमा भएको व्यवस्थाअनुसार नेपालमा प्रत्येक सेवा प्रदायक कार्यालयले कार्यालय परिसरमा सबैले देख्न सकिने ठाउँमा नागरिक बडापत्र राख्नुपर्दछ । नागरिक बडापत्र जो कोहीले स्पष्ट देखिने गरी कार्यालयमा राखिनुपर्ने भए पनि रामपुर नगरपालिकाले सो व्यवस्थाको पालना नगरेको सीताराम माविका शिक्षक मनिराज अधिकारीले बताए ।

सूचना पाउने नागरिकको नैसर्गिक अधिकार हो । नागरिकले सूचना छिटो पाउनुपर्दछ र कार्यालयमा प्रस्टसँग देखिने गरी राख्नुपर्छ । नगरपालिकाले सबै नागरिकले देखिने गरी राखेको खण्डमा नागरिक सूचना पाउनबाट वञ्चित हुनु नपर्ने बताउँछन्, कालिका माविका शिक्षक ज्ञानबहादुर दर्जी ।

कार्यालयले सेवा दिने विषयलाई स्पष्टसँग सेवाग्राहीलाई अग्रिम जानकारी गराउने सूचना पार्टीलाई पार्टी नागरिक बडापत्र भनिन्छ । यो सेवाग्राहीको प्रतिबद्धता पत्र पनि हो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले डिजिटल बनाउने प्रक्रियामा रहेको र अब छिट्टै नै डिस्प्लेसहितको नागरिक बडापत्र बन्ने बताए ।

‘म पनि यस कार्यालयमा हालसालै मात्रै सरुवा भएर आएको हो, पुरानो भवनमा (हाल रामपुर ५ को वडा कार्यालय रहेको) नागरिक बडापत्र थियो भन्ने जानकारी पाएको छु, प्रक्रियामा रहेकाले हामी जतिसक्दो चाँडो राख्ने तयारीमा छौँ’, उनले भने ।

नयाँ प्रशासकीय भवन सञ्चालन भएको सात महिना भइसक्दा पनि नागरिक बडापत्र नराखिनु नगरपालिकाको ढिलासुस्ती भएको नागरिकले बताएका छन् । नागरिक बडापत्र भनेको सेवा प्रदायक सार्वजनिक निकायले आफूले प्रवाह गर्ने सेवा र सेवा प्राप्ति प्रक्रियाको सम्बन्धमा नागरिकप्रति गरेको लिखित प्रतिबद्धता हो ।

सम्बन्धित कार्यालयले दिने सेवा र त्यसको प्रकृति, सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि, सेवा प्रदान गर्न लाग्ने समयावधि, सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्यकक्षको विवरण, सेवा प्राप्त गर्न कुनै दस्तुर तथा अन्य रकमसमेत लाग्ने भए सोको विवरण, सेवा प्राप्त गर्न सेवाग्राहीले पेस गर्नुपर्ने कागजात, सेवाग्राहीले सेवा सम्बन्धमा गरेका गुनासो सुन्ने अधिकारीको पद र नाम, सेवा प्रदायक निकायको तालुक कार्यालय र टेलिफोन नं, सेवा प्रवाहको प्राथमिकता, क्षतिपूर्ति प्राप्त हुने र नहुने सेवाजस्ता जानकारीमूलक सूचना नागरिक वडापत्रमा पाइन्छ ।

प्रशासनलाई जनउत्तरदायी तथा नागरिकमैत्री बनाउने, कानुनको शासनलाई प्रत्याभूति गर्ने, सार्वजनिक निकायमा पारदर्शिताको प्रवर्द्धन गर्ने, सरकारी काम कारबाहीमा अनियमितता, ढिलासुस्ती र भ्रष्टाचार हटाउने, सेवा वितरण प्रणालीमा सुधारको लागि पृष्ठपोषण प्राप्त गर्ने, दण्ड पुरस्कार प्रणालीको विकास गर्ने तथा समग्रमा भन्दा मुलुकमा सुशासन कायम गर्ने उद्देश्यले नागरिक बडापत्र राख्ने परम्पराको विकास भएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस