भोलि र पर्सी बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भोलि र पर्सी बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइने


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । भोलि र पर्सी (कार्तिक २ र ३ गते) बालबालिकाहरूलाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार  ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ।

यस्तै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ  । 

आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस