सञ्चिताको ‘धड्कन-२’ फागुनदेखि फ्लोरमा जाने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सञ्चिताको ‘धड्कन-२’ फागुनदेखि फ्लोरमा जाने


१ कार्तिक २०७९, मंगलबार


काठमाडौं । नरेश पौडेलको निर्देशन रहने फिल्म ‘धड्कन-२’ को छायाङ्कन अगामी फागुनदेखि सुरु हुने भएको छ । 

निर्देशक पौडेलले फिल्मको छायाङ्कन फागुनदेखि सुरु गर्ने तयारी भइरहेको बताए । पौडेल अहिले फिल्मको स्क्रिप्ट लेखनको अन्तिम ड्राफ्ट फाइनल गर्ने तरखरमा छन् । स्क्रिप्ट फाइनल भएपछि कलाकार तथा प्राविधिक छनोट गर्ने उनको योजना छ । 

फिल्मका लागि सञ्चिता लुइँटेल भने अभिनेत्रीको रूपमा फाइनल भएकी छन् । मौनता श्रेष्ठको लेखन रहेको फिल्मको सम्पूर्ण छायाङ्कन नेपालगञ्जमा हुनेछ ।  क्राइम लभ स्टोरी विषयमा निर्माण हुने फिल्म अगामी वर्षको दसैँमा रिलिज हुने निर्देशक पौडेलले जानकारी दिए ।

फिल्ममा सुरेश अधिकारीको सङ्गीत रहनेछ । हिट फिल्म ‘धड्कन’ को सिक्वेलको रूपमा यो फिल्म बन्न लागेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस