कर्णाली प्रदेशमा अलपत्र हवाई यात्रुको उद्धार हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कर्णाली प्रदेशमा अलपत्र हवाई यात्रुको उद्धार हुने


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । वायुसेवा कम्पनीहरूले गरेको उडान कटौतीका कारण कर्णाली प्रदेशका विभिन्न गन्तव्यमा अलपत्र परेका यात्रुको उद्धार हुने भएको छ । मंगलबार वायुसेवा सञ्चालक सङ्घका अध्यक्षतामा काठमाडौँमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकमा दुर्गम भेगमा जहाज उडाउने कम्पनी समिट एयर, तारा एयरका प्रतिनिधि, कर्णाली प्रदेशका जनप्रतिनिधिसहितको उपस्थिति थियो ।

बैठकले कर्णाली प्रदेशमा अलपत्र परेका सम्पूर्णलाई चाँडो भन्दा चाँडो उद्धार गर्ने निर्णय गरेको सङ्घले जनाएको छ । कर्णाली प्रदेशमा हालको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै वायुसेवा कम्पनीहरूसँग भएका स्रोत साधनको पूर्ण उपयोग गर्ने निर्णय समेत बैठकले गरेको छ । हवाई यातायात निर्वाध रूपमा सञ्चालन गर्न शान्ति सुरक्षाको प्रत्याभूति गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउने निर्णय समेत भएको छ । वायुसेवा कम्पनीहरूले यथाशीघ्र ई-टिकेटिङको व्यवस्था गर्नु गर्ने निर्णय समेत उक्त बैठकमा भएको छ ।

वायुसेवा कम्पनीहरूले यतिबेला पर्यटकीय सिजन भएका कारण धेरै उडान लुक्लामा केन्द्रित गरेका छन् । जसले गर्दा कर्णाली तथा सुदूरपश्चिमका विमानस्थलहरूमा नियमित उडान प्रभावित बनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस