संविधानमा हस्ताक्षर गर्दा पनि ओलीको गोरुगाढावाला प्रवृत्ति फेरिएन : प्रचण्ड « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

संविधानमा हस्ताक्षर गर्दा पनि ओलीको गोरुगाढावाला प्रवृत्ति फेरिएन : प्रचण्ड


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्ति अझै नफेरिएको टिप्पणी गरेका छन् ।

ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाम गठबन्धन गर्दा आफूहरूले धोका पाएको बताएका हुन् ।

१२बुँदे समझदारी गर्दा नेपालमा संविधान सम्भव छैन भन्ने नेताहरूसमेत रहेको उनको भनाइ छ ।

‘गणतन्त्र ल्याउनु र गोरु गाढा चढेर अमेरिका जानु एउटै हो भन्ने नेताहरू पनि थिए । हामीले बिर्सन हुँदैन । त्यो प्रवृत्ति थियो । गोरु गाढा प्रवृत्तिविरुद्ध आन्दोलन गरेर देश सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रमा गएको हो । समावेशी र समानुपातिक सिद्धान्तमा गइसकेपछि हिजो गोरुगाढावाला नेताहरू त बद्लिए भन्ने लागेको थियो । तर, होइन रहेछ’, उनले भने ।

प्रचण्डले संविधान र लोकतन्त्रमाथि नै धोका दिएको आरोप लगाए । उनले भने, ‘संविधानमा हस्ताक्षर गरिसकेपछि प्रतिगमन, निरङ्कुशतामा अराजकतातिर जाने छैनन् होला भन्ने लागेको थियो । तर, त्यो सबै धोका र बेइमानी रहेछ । हामीले वाम गठबन्धन गरेपछि मात्रै थाहा भयो ।’

एमालेले देशमा अराजकता ल्याएर सामन्तवादलाई स्थापित गराउन चाहेको उनले आरोप लगाए ।

Tags :
प्रतिक्रिया दिनुहोस