अनिशले जिते पुरुष म्याराथनमा स्वर्ण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अनिशले जिते पुरुष म्याराथनमा स्वर्ण


१ कार्तिक २०७९, मंगलबार


पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष म्याराथनमा गण्डकी प्रदेशका अनिश थापा मगरले स्वर्ण पदक जितेका छन् । पर्वतका ३२ वर्षिय अनिशले राष्ट्रिय खेलकुदमा म्याराथनमा पहिलो पटक स्वर्ण जितेका हुन् ।

नेपाल आर्मी क्लबका कृष्ण बस्नेतले रजत र एपीएफका सन्तोषविक्रम विष्टले कांस्य जिते ।

आफ्नै घरेलु मैदानमा स्वर्ण जित्दा खुशी लागेको अनिशले बताए । उनले आठौं राष्ट्रिय खेलकुदमा १० हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए । उनी भारतीय सेनामा कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस