आइजिपी सिंह भारत प्रस्थान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आइजिपी सिंह भारत प्रस्थान


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह इन्टरपोलको ९० औँ महासभामा भाग लिन भारत प्रस्थान गरेका छन् । महासभा भारतको नयाँ दिल्लीमा २०७९ कात्तिक १ देखी ४ गतेसम्म सञ्चालन हुँदै छ । आइजिपी सिंह सोमबार भारत प्रस्थान गरेका हुन् । 

नेशनल सेन्ट्रल ब्युरो (एनसिबि) काठमाडौँका प्रमुख समेत रहेका सिंहसँगै डिआइजी उमेश राज जोशी, प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा, इन्स्पेक्टर यम कुमार श्रेष्ठ र सशस्त्र प्रहरी बलको तर्फबाट समेत ५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेका छन् । 

आइजिपी सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी र रवीन्द्र बहादुर धानुकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका छन् । १ सय ९५ इन्टरपोल सदस्य राष्ट्रका प्रहरी प्रमुख तथा प्रतिनिधि सहभागी हुने महासभामा सदस्य राष्ट्रहरूको वार्षिक प्रतिवेदन पेस हुनेछ ।

महासभामा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरूको निर्वाचन हुन्छ । महासभामा सदस्य राष्ट्रहरूबीच अन्तर्राष्ट्रिय प्रहरी समन्वय, प्रतिआतङ्कवाद, आर्थिक अपराध, सङ्गठित अपराध जस्ता विषयहरूमा छलफल हुनेछ । 

प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस