नेपाल प्रहरी : जिल्लातर्फ इलाम, वृत्ततर्फ महाराजगन्ज उत्कृष्ट  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल प्रहरी : जिल्लातर्फ इलाम, वृत्ततर्फ महाराजगन्ज उत्कृष्ट 


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । ६७औँ प्रहरी दिवस २०७९ का अवसरमा विभिन्न विधामा उत्कृष्ट काम गर्ने प्रहरीहरू पुरस्कृत भएका छन्। ७७ जिल्लामध्ये जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरे, इलाका प्रहरी कार्यालय तथा वृत्तमध्येबाट प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक (डिएसपी) अङ्गुर जिसी उत्कृष्ट भएका हुन्। 

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूलाई पुरस्कृत गरेका छन्। नेपाल प्रहरी अन्तरप्रदेश कार्यदक्षता मूल्याङ्कन २०७९ मा सम्पादित कार्यको मूल्याङ्कनको आधारमा उनीहरू उत्कृष्ट भएका हुन्। 

त्यस्तै, प्रहरी नायब उपरीक्षक अनिलकुमार घिमिरेलाई पूर्ण शान्ति पुरस्कार र साहसिक तथा जोखिमपूर्ण कार्य गरेबापत प्रहरी निरीक्षक दीपक थापालाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गरिएको छ।  उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवर र प्रहरी नायब निरीक्षक मदनराज स्याङ्बो पुरस्कृत भएका छन्। 

उत्कृष्ट ट्राफिक व्यवस्थापनतर्फ प्रहरी निरीक्षक नरेश शाही, उत्कृष्ट विपद् उद्धारक प्रहरी नायब निरीक्षक सूर्यसिंह थापा, सपोर्टिभ समूह (प्राविधिक)तर्फ प्रहरी उपरीक्षक पुष्करराज भट्ट, प्रहरी निरीक्षक शर्मिला भट्ट, प्रहरी वरिष्ठ नायब निरीक्षक कृष्ण बानियाँ, प्रहरी नायब निरीक्षक मणिभूषणकुमार झा, प्रहरी नायब निरीक्षक कोपिला केसी, प्रहरी हवल्दार रामबहादुर गुरुङ, प्रहरी हवल्दार तुलाराज मोक्तान, प्रहरी हवल्दार विष्णु सुवाल र प्रहरी कार्यालय सहयोगी बालकुमारी पुनलाई प्रहरी महानिरीक्षकले कदरपत्र एवं पुरस्कार प्रदान गरेका छन्।

नेपाल प्रहरी अन्तरप्रदेश कार्यदक्षता मूल्याङ्कन २०७९ अन्तर्गत आ–आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन कोइराला, मधेस प्रदेश तालिम केन्द्र राजविराजका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र केसी, नेपाल प्रहरी विशेष सुरक्षा गण रातमाटे मकवानपुरका प्रहरी उपरीक्षक रन्जितसिंह राठौर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा, इलाका प्रहरी कार्यालय दुहबी सुनसरीका प्रहरी निरीक्षक जयदेव माझी, प्रहरी प्रभाग सानेपास्थित प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठ र प्रहरी चौकी चौघडा मकवानपुरका प्रहरी नायब निरीक्षक रामशरण दुलाललाई प्रशंसापत्र एवं पुरस्कार प्रदान गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस