राष्ट्रियसभा अध्यक्ष तिमल्सिना बेलायतमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रियसभा अध्यक्ष तिमल्सिना बेलायतमा


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना बेलायत पुगेका छन् । सोमबार बिहान हिथ्रो विमानस्थलमा अध्यक्ष तिमल्सिनालाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ओएनएफ युके अध्यक्ष तुङ्ग भद्र भुसाल, दूतावासका प्रवक्ता रोशन खनालले स्वागत गरेका थिए । 

तिमल्सिना सोमबार १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना हुन लागेको शुभकामना साँझ उद्घाटनमा सहभागी हुनेछन् । तिमल्सिनालाई स्वागत गर्न ओएनएफ युकेका नेताहरू बालकृष्ण भुसाल, भीमलाल भट्टराई, गङ्गा क्षेत्री, अलकल जङ्ग लामा, सरस्वती केसी, भूपेन्द्र पाठकलगायतले एयरपोर्टमा स्वागत गरेका थिए ।

गत आइतबार २ अक्टोबरमा बसेको कार्यसमितिको पूर्ण बैठकले १७ अक्टोबरमा दसैँ तिहार शुभकामना साँझ गर्ने निर्णय गरेको थियो । शुभकामना साँझमा नेपालीबाट आएका कलाकारसँगै स्थानीय कलाकारको पनि सहभागिता रहने ओएनएफले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस