चितवन १ मा काँग्रेसका बागी बुर्लाकोटी उम्मेदवारी निष्क्रिय गर्न सहमत « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

चितवन १ मा काँग्रेसका बागी बुर्लाकोटी उम्मेदवारी निष्क्रिय गर्न सहमत


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । चितवन १ मा नेपाली काँग्रेसको बागी उम्मेदवार रहेका राजेन्द्र बुर्लाकोटी आफ्नो उम्मेदवारी निष्क्रिय गर्न सहमत भएका छन् । आफूले टिकट नपाएपछि बुर्लाकोटीले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । 

निर्वाचन आयोगले दिएको समयसीमामा समेत उम्मेदवारी फिर्ता नलिएका उनी सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेपछि उम्मेदवारी निष्क्रिय गर्न सहमत भएका हुन् । आफ्नो उम्मेदवारी निष्क्रिय गराएर अब उनी काँग्रेसका उम्मेदवार विश्व पौडेललाई जिताउन सक्रिय हुने काँग्रेसले जनाएको छ । 

चितवन १ मा सत्ता गठबन्धनको समर्थनमा काँग्रेसले पौडेललाई उम्मेदवार बनाएको छ । पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चितवन १ मा उम्मेदवार बनेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस